Numbers 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमेश्वर र मोशाका विरुद्धमा कुरा गर्न लागे। तिनीहरूले भने, “तपाईंले किन हामीलाई मिश्रबाट निकालेर यहाँ उजाड-स्थानमा मर्नलाई ल्याउनुभयो? यहाँ खानपान केही छैन। यो खानेकुरासँग अब हामी वाक्क भइसक्यौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्क भइसक्यौँ!”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरूभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा खाँदा वाक्क भई सक्यो।”