Numbers 22:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रबाट आएको एउटा जातिले सारा देश ढाकिसक्‍यो भन्‍ने समाचार पठाएका छन्। बालाक चाहन्‍छन् उनको खातिर म ती मानिसहरूलाई सराप दिऊँ र उनले तिनीहरूसित लडाइँ गरी तिनीहरूलाई धपाउन सकून्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘मिश्रबाट निस्‍किआएको एउटा जातिले समस्‍त देश ढाकेको छ। अब आएर मेरो निम्‍ति तिनीहरूलाई सराप दिनुहोस्‌। यसो गर्नुभएमा शायद मैले तिनीहरूसँग लड़ाइँ गरेर तिनीहरूलाई धपाउन सकूँला’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ”
Nepali ERV (पवित्र बाइबल)
उनको सन्देश थियो “हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”