Numbers 22:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले गधालाई बोल्‍ने शक्ति दिनुभयो र त्‍यसले बालामलाई भन्‍यो, “मैले तपाईंलाई के गरें? मलाई किन तीनपल्‍ट चुट्‍नुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले गधाको मुख खोलिदिनुभयो, र त्‍यसले बालामलाई भन्‍यो, “मैले तपाईंलाई के गरेको छु, र तपाईंले मलाई तीन पल्‍ट पिट्‌नुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीन पल्ट चुट्नुभयो?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”