Numbers 22:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिम्रो गधाले मलाई देख्‍यो र तीनपल्‍ट बाटो तर्क्‍यो। त्‍यसले त्‍यसरी बाटो नतर्केको भए म तिमीलाई मार्नेथिएँ र गधालाई चाहिँ जिउँदै छोड्‍नेथिएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस गधाले मलाई देखेर अहिलेसम्‍म तीन पल्‍ट मेरो सामुबाट तर्क्‍यो। मबाट त्‍यो नतर्केको भए अहिलेसम्‍म म तँलाई मारिसक्‍नेथिएँ, तर त्‍यसलाई चाहिँ जीवितै छोड्‌नेथिएँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस गधाले मलाई देखेर यसरी तीन पटक बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्‍चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।”
Nepali ERV (पवित्र बाइबल)
जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”