Numbers 22:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण बालाक राजाले बओरको छोरो बालामलाई बोलाउन दूतहरू पठाए। बालाम त्‍यस बेला यूफ्रेटिस नदीको छेउमा अमाऊ देशको पतोरमा थिए। तिनी भएको ठाउँमा दूतहरू बालामको यो खबर लिई आए, “म तिमीलाई यो खबर दिँदै छु, मिश्रबाट एउटा जाति निस्‍की आएको छ। ती मानिसहरू चारैतिर फैलिएर जाँदै छन् र हाम्रो देश कब्‍जा गर्ने धम्‍की दिँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले यूफ्रेटिसनेर भएका, आफ्‍ना जात-भाइको मुलुक पतोरमा बओरका छोरा बालामकहाँ यसो भनेर खबर पठाए, “मिश्रबाट एउटा जाति आएर समस्‍त देश नै ढाकिसक्‍यो। तिनीहरू मेरै सिमानामा आएर बसेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले बओरका छोरा बालाम, जो आफ्नो जन्मस्थल यूफ्रेटिस नदीको छेउ पतोरमा बसेका थिए, उनलाई बोलाउन भनी राजदूतहरू पठाए। बालाकले भने: “इजिप्टबाट एउटा जाति निस्केर आएको छ; तिनीहरू पूरा देश नै ढाक्ने गरी मेरै सिमानामा आएर बसेका छन्।
Nepali ERV (पवित्र बाइबल)
बालाकले बओरको छोरा बिलामलाई निमन्त्रण गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ। अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्।