Numbers 22:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालामले तिनीहरूलाई भने, “आज राती यहीँ बिताओ। परमप्रभुले मलाई के भन्‍नुहुन्‍छ, त्‍यो म भोलि तिमीहरूलाई सुनाउनेछु।” यसकारण मोआबी अगुवाहरू बालामसित बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालामले उनीहरूलाई भने, “आज राती यहीँ बस्‍नुहोस्, र परमप्रभुले जस्‍तो मसँग बोल्‍नुहुन्‍छ, म त्‍यही तपाईंहरूलाई बताइदिनेछु।” यसैले मोआबका मुख्‍य व्‍यक्तिहरू बालामकहाँ वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्‍नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्‍नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।