Numbers 23:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर मानिसहरूजस्‍ता झूटो बोल्‍ने हुनुहुन्‍न; उहाँले मानिसले झैँ मन बदल्‍नुहुन्‍न। आफूले प्रतिज्ञा गरेको कुरा उहाँले पूरा गर्नुहुन्‍छ। उहाँ बोल्‍नुहुन्‍छ र त्‍यो पूरा गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, उहाँले मन बद्‌लनुहुन्‍न, कारण उहाँ मान्‍छेको सन्‍तान हुनुहुन्‍न। उहाँले भन्‍नुभएपछि के त्‍यो गर्नुहुन्‍न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्‍यो पूरा गर्नुहुन्‍न र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर मानिसजस्तो हुनुहुन्‍न, उहाँले झूट बोल्नुहुन्‍न; उहाँ कुनै मानिसको पुत्रजस्तो हुनुहुन्‍न, जसले आफ्नो मन बदली गर्नुहुन्छ। के उहाँले बोल्नुभएपछि काम गर्नुहुन्‍न र? के उहाँले प्रतिज्ञा गर्नुभएपछि पूरा गर्नुहुन्‍न र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।