Numbers 23:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलको भविष्‍यमा दुर्भाग्‍य वा कष्‍ट आउनेछैन भनी म देख्‍दछु। परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसित हुनुहुन्‍छ; उहाँ तिनीहरूका राजा हुनुहुन्‍छ भनी तिनीहरूले घोषणा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“याकूबमा दुर्भाग्‍य देखिएको छैन। इस्राएलमा विपद्‌ देखिएको छैन। परमप्रभु, तिनीहरूका परमेश्‍वर तिनीहरूका साथ हुनुहुन्‍छ, र राजाको जय-ध्‍वनि तिनीहरूका बीचमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याकोबमा कुनै दुष्‍टता देखिँदैन, इस्राएलमा कुनै विपत्ति देखिँदैन। याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहन्छ; राजाको विजय-ध्वनि तिनीहरूको बीचमा छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान राजा तिनीहरूसित हुनुहुन्छ।