Numbers 23:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालाम फर्के र बालाकलाई मोआबका सबै अगुवाहरूसँग होमबलिको छेउमा उभिरहेको भेटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्‍य व्‍यक्तिहरूका साथ उनका बलिको सामुन्‍ने उभिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए:
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। तब बिलामले यी कुराहरू भनेः