Numbers 23:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अग्ला चट्टानहरूबाट म तिनीहरूलाई देख्न सक्छु, पहाडहरूबाट म तिनीहरूलाई हेर्न सक्छु। तिनीहरू छुट्टै बाँच्ने जाति हुन्; तिनीहरू अरू जातिहरूभन्दा आशिष्मय छन् भनी तिनीहरू जान्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चट्टानहरूका टुप्पाबाट म तिनीहरूलाई देख्तछु, र डाँड़ाहरूबाट म तिनीहरूलाई हेर्दछु। हेर्, त्यो त एकलै बस्ने जाति हो, जसले अरू जातिहरूका बीचमा आफैलाई गन्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।