Numbers 24:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस बेलासम्‍ममा परमेश्‍वरले इस्राएलका मानिसहरूलाई मैले आशिष् दिएको चाहनुहुन्‍छ भनी बालामले थाहा पाइसकेका थिए र यसपालि अघिको जस्‍तो तिनले साइत हेरिबसेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूलाई आशिष्‌ दिने परमप्रभुको इच्‍छा छ भन्‍ने जब बालामले देखे, तब तिनी अरू बेलाजस्‍तै टुनामुना गर्न गएनन्, तर तिनले आफ्‍नो मुख उजाड़-स्‍थानतिर फर्काए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
Nepali ERV (पवित्र बाइबल)
जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।