Numbers 24:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कि तपाईंका राजमहलका सारा सुन र चाँदी मलाई दिनुभए तापनि म परमप्रभुको आज्ञा नमानी आफैं केही गर्न सक्दिनँ। म त्यति मात्र भन्दछु, जति परमप्रभुले मलाई भन्न लगाउनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल दिए पनि परमप्रभुको वचन नाघेर मेरो आफ्नो खुशीले असल वा खराब गर्न सक्दिनँ। परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही म बोल्नेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’
Nepali ERV (पवित्र बाइबल)
‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ?’ म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।