Numbers 24:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालामले बालाकलाई भने, “अब म आफ्ना मानिसहरूकहाँ जाँदैछु तर जानुभन्दा अघि इस्राएलका मानिसहरूले भविष्यमा तपाईंका मानिसहरूलाई के गर्नेछन्, त्यसबारे चेतावनी दिँदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब म आफ्ना मानिसहरूकहाँ जान्छु, तर इस्राएलीहरूले तपाईंका मानिसहरूलाई पछि के गर्नेछन्, त्यो म तपाईंलाई बताउँछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
Nepali ERV (पवित्र बाइबल)
अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”