Numbers 24:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ प्रचुर पानी पर्दछ, तिनीहरूले वर्षाको पानी प्रशस्‍त पाउनेछन्। अनि तिनका बिउहरूले खेतमा प्रचुर मात्रामा पानी पाउनेछन्। तिनीहरूका राजा अगागभन्दा पनि महान्‌ हुनेछन् र टाढा-टाढासम्‍म तिनको राज्‍य फैलेर जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्‍दा पनि महान्‌ हुनेछन्, अनि तिनीहरूको राज्‍य समृद्ध बनाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्‍च पारिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।