Numbers 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्‍याउनुभयो; तिनीहरूको निम्‍ति उहाँले अर्नाले झैँ लडाइँ गर्नुहुन्‍छ। तिनीहरूले आफ्‍ना शत्रुहरूलाई निलिहाल्‍नेछन्। तिनका हड्डीहरू चकनाचुर पार्नेछन् र तिनीहरूका वाणहरू भाँचिदिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्‍वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्‍तै छ। तिनीहरूले आफ्‍ना विरोधी जातिहरूलाई निल्‍नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्‍ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।