Numbers 25:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पीनहासले जुन काम गर्‍यो, त्‍यसको कारणले म इस्राएलका मानिसहरूसित अब रिसाएको छैन। मबाहेक अरू कुनै देवताको पूजा भएको त्‍यसले सहन सकेन। यसैकारण मैले आफ्‍नो रिसमा तिनीहरूलाई ध्‍वंस गरिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एलाजारको छोरो, पूजाहारी हारूनको नाति पीनहासले इस्राएलीहरूका बीचमा मेरो खातिर राँकिएर इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। यसैले मेरो क्रोधमा मैले तिनीहरूलाई भस्‍म पारिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ।
Nepali ERV (पवित्र बाइबल)
“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।