Numbers 25:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले अधिकारीलाई भने, “तिमीहरू प्रत्‍येकले आ-आफ्‍ना कुलबाट ज-जसले पोरका बाल-देवतालाई पुज्‍दछन्, तिनीहरूलाई मार्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले इस्राएलका न्‍यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले पोरको बाल देवतालाई पुज्‍ने सबै मानिसहरूलाई मार्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”