Numbers 25:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र सारा इस्राएली समाजले देख्‍दा-देख्‍दै एउटा इस्राएली मानिसले एउटी मिद्यानी स्‍त्रीलाई आफ्‍नो पालमा लग्‍यो। त्‍यति बेला तिनीहरू परमप्रभुले बास गर्नुहुने पवित्र पालको ढोकामा विलाप गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू भेट हुने पालको ढोकामा रोइरहेका थिए। त्‍यस बेला एक-जना इस्राएलीले मोशा र इस्राएली समुदायकै सामुन्‍ने आफ्‍नो परिवारमा एउटी मिद्यानी आइमाईलाई ल्‍यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएलीहरू भेट हुने पालको प्रवेशद्वारमा रोइरहेका अवस्थामा एक जना इस्राएली पुरुषले मोशा र सारा इस्राएली समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
जति बेला मोशा अनि इस्राएली समूह भेट हुने पालको प्रवेशद्वारमा भेला भएका थिए त्यति बेला एक इस्राएली पुरूषले एउटी मिद्यानी स्त्रीलाई उसको पालमा ल्यायो। त्यो मोशा तथा अन्य सबै इस्राएली मानिसहरूले देखिरहेका थिए। तिनीहरू रून थाले।