Numbers 26:59 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्रामले लेवीकी छोरी योकेबेदलाई विवाह गरेका थिए। योकेबेद मिश्रमा जन्‍मेकी थिइन्। तिनले अम्रामबाट दुई छोरा, हारून र मोशा र एउटी छोरी मिरियमलाई जन्‍माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो। तिनीचाहिँ लेवीको कुलबाट मिश्रदेशमा जन्‍माइएकी छोरी थिइन्‌। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्‍माइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।