Numbers 26:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनका छोराहरू दातान, नमूएल र अबीराम थिए। (यी दातान र अबीराम ती नै पुरुषहरू थिए, जसलाई इस्राएली समाजले चुनेका थिए। कोरहसँग लागेर मानिसहरूले परमप्रभुको विरोध गरी मोशा र हारूनलाई नमानेको दिनमा यिनीहरू पनि मिलेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यिनीहरू तिनै दातान र अबीराम, समुदायका पदाधिकारी हुन्, जो कोरहको दलमा मिसिएर मोशा र हारूनसँग झगड़ा गरेर परमप्रभुको विरुद्धमा उठेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।