Numbers 27:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका दाजुभाइ वा काकाहरू छैनन् भने त्यसका सबैभन्दा नजिकका नातेदारले सम्पत्ति पाउनेछ र त्यसलाई आफ्नो निजी सम्पत्ति बनाउनेछन्। इस्राएलीहरूले यस नियमलाई कानुनी विधिको रूपमा मान्नुपर्नेछ, जस्तो म परमप्रभुले आज्ञा गरेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको बुबाका कुनै दाजुभाइ पनि छैन भने परिवारमा सबैभन्दा नजिकको साइनो पर्नेलाई त्यसको उत्तराधिकारी बनाइदिनू, र त्यसले त्यो आफ्नो हकमा लेओस्। परमप्रभुले मोशालाई आज्ञा दिनुभएबमोजिम यो इस्राएलको निम्ति धर्म-विधान होस्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”
Nepali ERV (पवित्र बाइबल)
उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।”‘