Numbers 27:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो पूजाहारी एलाजारमाथि भरपर्नेछ र एलाजारले ऊरीम र तुम्‍मीमद्वारा मेरो इच्‍छा बुझ्‍नेछ। यस प्रकारले एलाजारले यहोशूलाई बाटो देखाउनेछ र सबै विषयमा इस्राएली समुदायलाई पनि अगुवाइ गर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो एलाजार पूजाहारीकहाँ आउने गरोस्, र एलाजारले चाहिँ परमप्रभुको सामु “ऊरीम” द्वारा फैसला लिएर त्‍यसलाई बताउने गरोस्‌। यहोशूकै हुकुमबमोजिम सारा इस्राएलीहरू त्‍यससँगै आउने र जाने गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्‍त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”