Numbers 28:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कटनी चाडको पहिलो दिन परमप्रभुलाई नयाँ अन्न चढाउँदा तिमीहरू आराधनाको निम्ति एक साथ भेला हुनू। त्यो दिन केही काम नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘अगौटे फलको दिनमा तिमीहरूले परमप्रभुको निम्ति साताहरूको चाड़मा नयाँ अन्नको बलि चढ़ाउँदा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगौटे फलको दिनमा, साताहरूका चाडको समयमा जब तिमीहरूले याहवेहलाई नयाँ अन्नको भेटी चढाउँछौ, तब पवित्र सभा राख्नू। अनि त्यस दिन कुनै दैनिक काम नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“अगौटे फलहरूको दिनहरूमा, सातौ दिनका चाढहरूमा, तिमीहरूले परमप्रभुलाई नयाँ अन्नको बलि चढाउँनुपर्छ त्यस दिन तिमीहरूले एउटा पवित्र सभा बोलाउनुपर्छ। तर त्यसदिन तिमीहरूले कुनै कार्य गर्नुहुँदैन।