Numbers 28:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलुका बिहानको जस्तै गरी दोस्रो पाठो मद्य-बलिसहित बलि चढाउनू। यो पनि एउटा होमबलि हो, जसको बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो थुमा बेलुकी चढ़ाउनू। बिहानजस्तो गरी अन्नबलि र त्यसको अर्घ-बलि चढ़ाउनू। यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँझमा दोस्रो थुमालाई पनि बिहानको अन्नबलि र अर्घबलि तयार गरेजस्तै गरी तयार गर्नू। यो याहवेहलाई चढाइने मनपर्दो बास्नादार अग्निबलि हो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि गोधूली बेलामा दोस्रो थुमासित अन्न बलि र अर्घबलि परमप्रभुलाई सन्तुष्ट पार्न सुगन्धित वासाना आउने उपहार झैं चढाऊ।”