Numbers 29:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाडको पहिलो दिनमा परमप्रभुलाई खुसी पार्ने बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलिको रूपमा निष्‍खोट तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू बलि चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्‍ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।