Numbers 29:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापबलिको लागि एउटा बोको पनि चढाउनू। दिनहुँ चढाउने गरेका होमबलि, अन्‍नबलि र मद्यबलिबाहेक यी सबै छुट्टै चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।