Numbers 29:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई खुसी गराउने बास्नाको निम्ति आगोद्वारा चढाइने बलिमा एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई मनमर्दो बास्नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।