Numbers 29:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तोकिएका चाडहरूमा तिमीहरूले परमप्रभुलाई चढाउनुपर्ने होमबलि, अन्नबलि, मद्यबलि र मेलबलिहरूका नियम यी नै हुन्। तिमीहरूले भाकल गरेका वा राजीखुसीले चढाएका भेटीहरू बाहेक यी बलिहरू चढाइनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूका भाकल र राजीखुशीका बलिबाहेक तिमीहरूले होमबलि, अन्नबलि, अर्घ-बलि र मेलबलिहरू तिमीहरूका तोकिएका चाड़हरूमा परमप्रभुलाई चढ़ाउनू’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले गरेका भाकल र स्वेच्छा भेटीहरूबाहेक, तिमीहरूका तोकिएका चाडहरूमा याहवेहका निम्ति यी बलिहरू चढाउनू; तिमीहरूका होमबलिहरू, अन्नबलिहरू, अर्घबलिहरू र मेलबलिहरू चढाउनू।’ ”
Nepali ERV (पवित्र बाइबल)
“विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”
Recommended Reading