Numbers 29:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महिनाको पहिलो दिनमा चढाइने अन्‍न र होमबलिबाहेक अनि दिनहुँ चढाइने अन्‍न र मद्यबलिका होमबलिबाहेक यी बलिहरू चढाउनुपर्छ। यी आगोद्वारा चढाइने बलिहरूको बास्‍ना परमप्रभुलाई मनपर्दो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै महिना-महिना र दिनदिनका होमबलिहरू र तिनका अन्‍नबलि र अर्घ-बलिहरूबाहेक होऊन्‌। यी परमप्रभुको निम्‍ति मीठो बास्‍ना हुनलाई तिनका विधिअनुसार आगोद्वारा चढ़ाइएका बलिहरू हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी बलिहरूचाहिँ तोकिएको मासिक र दैनिक होमबलिहरूका साथमा तिनीहरूका अन्‍नबलि र अर्घबलिबाहेक चढाउनू। यिनीहरू याहवेहलाई मनपर्दो बास्‍नादार अग्निबलिहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।