Numbers 3:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-13] “अब लेवीहरू मेरा हुनेछन्, जब मैले मिश्रीहरूका सबै पहिले जन्‍मेकाहरूलाई मारें, तब प्रत्‍येक इस्राएली परिवारका जेठा छोराहरू र प्रत्‍येक पहिलो जन्‍मेको पशुलाई मेरो आफ्‍नो बनाई पवित्र गरें। अब इस्राएलका जेठा छोराहरूका सट्टामा लेवीहरू मेरा हुन्, तिनीहरू मेरा हुनेछन्। म परमप्रभु हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूमा पहिले जन्‍मेर गर्भ खोल्‍ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले इस्राएलीहरूबाट हरेक इस्राएली स्त्रीहरूको जेठा छोराहरूको सट्टामा लेवीहरूलाई लिएको छु। लेवीहरू मेरा हुन्;
Nepali ERV (पवित्र बाइबल)
“याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।