Numbers 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[17-20] लेवीका तीन छोराहरू थिए— गेर्शोन, कहात र मरारी। तिनीहरू आ-आफ्‍ना नामअनुसार गोत्रहरूका पुर्खा भए। गेर्शोनका दुई छोराहरू भए, लिब्‍नी र शिमी। कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल। मरारीका दुई छोराहरू भए— महली र मूशी। तिनीहरूका नामद्वारा परिवारहरूका पुर्खा तिनीहरू भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीका छोराहरूका नाउँ यी नै हुन्‌: गेर्शोन, कहात र मरारी।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीका छोराहरूका नामहरू यिनै थिए: गेर्शोन, कहात र मरारी।
Nepali ERV (पवित्र बाइबल)
लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।