Numbers 3:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्दुक, टेबिल, सामदान, वेदीहरू, पूजाहारीहरूले पवित्रस्थानमा चलाउने भाँडाकुँडा र महा-पवित्रस्थानका ढोकाको पर्दा तिनीहरूका जिम्मामा थिए। यी थोकहरूसित सम्बन्ध भएका सबै कामका निम्ति तिनीहरू जिम्मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्दूक, टेबिल, सामदान, वेदीहरू र तिनीहरूले सेवा गर्दा पवित्रस्थानका चाहिने सामानहरू, पर्दा, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै सरसामानहरू तिनीहरूको जिम्मामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पवित्रस्थानमा सेवा गर्दा चलाउने सामानहरू; सन्दुक, टेबुल, पानस, वेदीहरू, पर्दा र अरू प्रयोग गरिने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।