Numbers 30:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उसको लोग्‍नेले त्‍यो कुरा सुनेर त्‍यो पूरा गर्नमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसको लोग्‍नेले उसलाई भाकल पूरा गर्न नदिएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यसको पतिले त्‍यो सुनेको दिनमा त्‍यसको भाकल वा वाचाबन्‍धन रद्द गर्छ भने, त्‍यसको मुखबाट निस्‍केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्‍यस स्‍त्रीलाई क्षमा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि उसको पतिले त्यस विषयमा सुनेर त्यस कुरालाई रद्द गर्छ भने त्यस स्त्रीको ओठले गरेको कुनै पनि भाकल वा प्रतिज्ञा पूरा गर्नुपर्दैन। उसको पतिले ती रद्द गरिदिएको छ। अनि याहवेहले पनि उसलाई क्षमा गरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ।