Numbers 30:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आफूले चाल पाएकै दिनमा लोग्नेले त्यस भाकललाई बाधा दिएन भने त्यस स्त्रीले आफ्नो भाकल पूरा गर्नुपर्नेछ। त्यो थाहा पाएको दिनमा बाधा नदिएर लोग्नेले स्वास्नीको भाकल वा प्रतिज्ञालाई स्वीकार गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि त्यसको पतिले आफ्नी पत्नीको भाकल वा वाचाबन्धनको बारेमा दिनदिनै चूपै रहन्छ भने, उसले त्यो पक्का गर्छ। सुनेपछि पनि ऊ चूप लागेको हुनाले त्यो स्वीकृति दिएको बराबर हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि उसको पतिले उसलाई लामो समयसम्म त्यस विषयमा केही भनेन भने त्यस स्त्रीले आफूलाई बाँधेका सबै भाकलहरू अथवा प्रतिज्ञाहरू त्यसले कायम राख्नेछ। त्यसले ती कुराका विषयमा सुनेर पनि उसलाई केही नभनेको कारण भाकल कायम रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि पत्नीले गरेको शपथ वा खाएको वाचा बन्धनको विषय लोग्नेले चाल पाएर पनि त्यस दिन विरोध नगरे त्यस स्त्री आफ्नो शपथ वा वाचा बन्धनको प्रत्येक चीज पूरा गर्नु पर्छ। कारण उसले चाल पाएर पनि विरोध गरेको छैन।