Numbers 30:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाचाहिँले छोरीको भाकल सुनेर त्‍यो पूरा गर्नमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसका बुबाले उसलाई रोकेको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बुबाले त्‍यो सुनेको दिन त्‍यसको विरोध गर्‍यो भने, त्‍यसको शपथ अथवा वाचाबन्‍धन रद्द हुनेछ। त्‍यसका बुबाले नै विरोध जनाएका हुनाले परमप्रभुले त्‍यसलाई क्षमा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि उसका बुबाले त्यो भाकल सुनेर मनाही गर्‍यो भने उसले गरेको कुनै पनि भाकल अथवा आफूले गरेको बन्धन कायम रहनेछैन। उसका बुबाले उसलाई मनाही गरेका कारण याहवेहले उसलाई क्षमा गरिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिनका बाबुले यसको बारेमा सुने भने र उनलाई त्यसो गर्नबाट रोके भने, उनले प्रतिज्ञा गरेको कुरा पूरा गर्नु पर्दैन। किनभने उनको बाबुले उनलाई मनाही गरे र परमप्रभुले उनलाई क्षमा दिनेछन्।