Numbers 31:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनलाई मोशा, एलाजार र इस्राएलका सारा जनसमुदायको अघि ल्‍याए। त्‍यस बेला तिनीहरू यरीहो र यर्दनको वरिपरि मोआबका मैदानमा छाउनी हालेर बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबका मैदानको छाउनीमा मोशा, एलाजार पूजाहारी र इस्राएली समुदायका सामु ती कैदीहरू, पशु-प्राणी र धनमाल ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।