Numbers 31:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू जस-जसले मानिस मारेका छौ वा लाश छोएका छौ, सात दिनसम्‍म छाउनीदेखि बाहिर बस्‍नुपर्नेछ। तेस्रो र सातौँ दिन तिमीहरूले आफैंलाई र आफूले कैद गरेका स्‍त्रीहरूलाई चोख्‍याउने काम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूमा जस-जसले कुनै मानिसलाई मारेको छ वा लाश छोएको छ, ती सबै छाउनीबाहिर सात दिनसम्‍म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैलाई, आफ्‍ना कैदीहरूलाई समेत चोख्‍याउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि जजसले मानिसलाई मारेको छ, अर्थात् मारिएको कसैलाई छोएको छ भने तिमीहरू छाउनीबाहिर सात दिनसम्म बस्‍नुपर्छ। तेस्रो र सातौँ दिनमा तिमीहरूले आफैँलाई र तिमीहरूका कैदीहरूलाई शुद्ध पार्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सात दिन सम्म छाउनी बाहिर रहनु पर्छ। तिमीहरू मध्ये प्रत्येक व्यक्ति अथवा तिमीहरूका कैदीहरू जसले कुनै व्यक्तिलाई मारेको छ अथवा मरेको लाश छोएकोछ उसले आफैंलाई तेस्रो दिन र सातौं दिनमा शुद्ध पार्नुपर्छ।