Numbers 31:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँकी समाजका मानिसहरूलाई दिइएका भागबाट पचास कैदीबाट एक जना लिनू र त्‍यही हिसाबले गाई-गोरु, गधा, भेडा-बाख्राहरूबाट पनि छुट्ट्याईदिनू। ती सबै परमप्रभुले बास गर्ने पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूको आधा हिस्‍साबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रा वा अरू पशु-प्राणीबाट प्रत्‍येक पचासमा एउटा लिएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूको आधा भागबाट मानिसहरू, गाईबस्तु, गधा, भेडा, बाख्रा अथवा अरू सबै पशुहरू, त्यसको प्रत्येक पचासबाट एउटा गरेर अलग गर्नू। ती अलग गरिएका कुराहरू याहवेहको समागम पालको रेख-देखको जिम्मामा रहेका लेवीहरूलाई दिनू।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक पचास चीजहरूबाट (जो मानिसहरू गाइहरू, गधाहरू, भेडा र अन्य पशुहरूलाई समिलित गर्छ) आधा भाग इस्राएलीहरूलाई दिएकाबाट एउटा लिएर लेवीहरूलाई देऊ जसले परमप्रभुको पवित्र पालको हेर चाह गर्छ।”