Numbers 31:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीबाट पनि परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले हरेक पचास कैदी र पशुबाट एक-एक वटा गरेर छुट्ट्याए र ती परमप्रभुको पवित्र पालको रेखदेख गरेर बसेका लेवीहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूको आधा हिस्‍साबाट मोशाले परमप्रभुको आज्ञाबमोजिम मानिस र पशुहरूबाट प्रत्‍येक पचासमा एउटा गरी ल्‍याएर परमप्रभुको पवित्र वासस्‍थानको जिम्‍मा लिने लेवीहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूको आधा भागबाट याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै तिनले मानिसहरू र पशुहरूबाट प्रत्येक पचासबाट एक-एक अलग गरे। अनि ती सबै लेवीहरूलाई दिए, जो याहवेहको समागम पालको रेख-देखको जिम्मावाल थिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी इस्राएली मानिसहरूको भागमा परेका पशु र मानिसहरूबाट प्रत्येक पचासमा एउटा गरी लिएर मोशाले परमप्रभुको पवित्र पालको रक्षा गर्ने लेवीहरूलाई दिए। परमप्रभुको आज्ञा बमोजिम मोशाले यसो गरे।