Numbers 31:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले तिनीहरूलाई लडाइँ गर्न पूजाहारी एलाजारका छोरा पीनहासको हुकुममा अगाडि पठाए। पीनहासले पवित्र सर-सामानहरू र सङ्केत दिने तुरहीहरूको जिम्मा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले हरेक कुलबाट एक-एक हजारलाई युद्धमा पठाए, अनि तिनीहरूका साथमा एलाजार पूजाहारीका छोरा पीनहासलाई पनि पवित्रस्थानका पात्रहरू र रण-ध्वनिका तुरहीहरूको जिम्मा लाएर पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले तिनीहरूलाई प्रत्येक कुलबाट एक-एक हजारलाई लडाइँमा पठाए। तिनीहरूसँग पुजारी एलाजारका छोरा पीनहास पनि थिए। पीनहासले आफूसँग पवित्रस्थानका सामग्रीहरू र सङ्केत दिनका लागि तुरहीहरू लगे।
Nepali ERV (पवित्र बाइबल)
मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए।