Numbers 31:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मिद्यानी आइमाई, केटा-केटीहरू र तिनका वस्तुभाउमाथि कब्जा गरे, तिनीहरूका धन-सम्पत्ति लुटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र बाल-बालिकाहरूलाई कैद गरे, र उनीहरूका सबै गाई-गोरु, भेड़ाबाख्रा र धन-सम्पत्तिहरू लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले मिद्यानी स्त्रीहरू र तिनीहरूका छोराछोरीहरूलाई बन्दी बनाए र मिद्यानीहरूका बथान, बगाल र सरसामानहरू लुटको मालझैँ लिएर गए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरूले मिद्यानी स्त्रीहरूलाई र बाल-बच्चाहरूलाई कैद गरे अनि तिनीहरूको सबै सम्पत्ति, सबै गाई-वस्तु तथा भेडाहरू पनि लगे।