Numbers 32:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बाँकी हामी सबैचाहिँ परमप्रभुको अधीनमा भई लडाइँमा जान तयार छौं। हामी यर्दनपारि गई तपाईंले भनेअनुसार लडाइँ गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हजूरका दासहरू तपाईंको आज्ञाअनुसार परमप्रभुको सामु लड़ाइँ गर्न सशस्‍त्र पारि जानेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
तर हामी हजूरका दासहरू, जस्तो मालिकको हुकुम हुन्छ परमप्रभुको अघिबाट यर्दन नदी पार गरी युद्धमा जानेछौं।”