Numbers 33:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-37] रपीदीमदेखि होर पर्वतसम्‍म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए— सीनैको मरुस्‍थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्‍मा, रिम्‍मोन-फारेस, लिब्‍ना, रिस्‍सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्‍का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्‍बाता, अब्रोना, एस्‍योन-गेबेर, सीनको उजाड-स्‍थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्‍थानमा वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।