Numbers 33:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[38-39] परमप्रभुको आज्ञाअनुसार पूजाहारी हारून होर पर्वतमा चढे। इस्राएलीहरूले मिश्र छोडेपछि चालीस वर्ष बित्‍दैगर्दा पाँचौँ महिनाको पहिलो दिन एक सय तेईस वर्ष उमेरमा हारून त्‍यहाँ मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ हारून पूजाहारी परमप्रभुको आज्ञा पाएर होर पर्वतमा उक्‍लेर गए, र इस्राएलीहरू मिश्रदेशबाट निस्‍केका चालीस वर्षपछि पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्‍यु भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।