Numbers 33:52 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशका सबै बासिन्‍दाहरूलाई तिमीहरूले धपाउनुपर्नेछ। तिनीहरूका पत्‍थर र धातुका सबै मूर्तिहरू र पूजा-स्‍थलहरू ध्‍वस्‍त पारिदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरू सबैलाई त्‍यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्‍काइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।