Numbers 33:54 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विभिन्न कुलहरूका बीचमा चिट्ठा हालेर जमिनको बन्डा गर्नू। ठूला कुललाई ठूलै हिस्सा र सानो कुललाई सानै हिस्सा दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आ-आफ्ना वंशअनुसार त्यस देशमा चिट्ठा हालेर हिस्सा बाँड्नू। धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनू, र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनू। जसको चिट्ठा जहाँ पर्छ त्यो त्यसकै होस्। तिमीहरूका पुर्खाका कुलअनुसार तिमीहरूले हिस्सा बाँड्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।