Numbers 33:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पी-हहीरोत छोडेर तिनीहरूले लाल समुद्र पार गरे र शूरको उजाड-स्थानमा पसे। तीन दिन हिँडेपछि तिनीहरूले मारामा छाउनी हाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पी-हहीरोतबाट निस्केर समुद्रको बीचबाट भएर उजाड़-स्थानमा पसे। तिनीहरू तीन दिनको बाटो एथामको उजाड़-स्थानमा हिँड़ेर मारामा वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।
Nepali ERV (पवित्र बाइबल)
ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरूभूमिमा पसे एतामको मरूभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।