Numbers 35:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले शरण लिने सहरहरू चुन्‍नुपर्छ। त्‍यहाँ अन्‍जानमा हत्‍या गर्ने कुनै मानिस भागेर जान सक्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्‍छे मार्‍यो भने ज्‍यानमारा त्‍यहाँ भागोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्‍नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर जान सकोस्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अञ्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ।