Numbers 35:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सहरहरू इस्राएलीहरू र तिनका बीचमा स्थायी वा अस्थायी रूपमा बस्ने विदेशीहरूको निम्ति शरणस्थल हुनेछन्। कसैलाई अन्जानमा हत्या गर्ने मानिस त्यहाँ कुनै ठाउँमा भागेर जान सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू, परदेशीहरू र तिनीहरूका बीचमा अरू प्रवास गर्नेहरूका निम्ति ती सहर छ वटा शरण-नगरहरू हुनेछन्। यसरी अजानमा कसैको ज्यान लिने व्यक्ति त्यहाँ भागेर जान सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्यो भने त्यहाँ भागेर जान सकोस्।
Nepali ERV (पवित्र बाइबल)
यी शहरहरू, इस्राएलका मानिसहरूका निम्ति सुरक्षा का शहरहरू हुनेछन् विदेशीहरू र यात्रीहरू त्यहाँ बस्नेछन्। यी मानिसहरू मध्ये यदि कसैले अञ्जानमा कुनै अर्को व्यक्तिको हत्या गरे त्यो व्यक्ति ती शहरहरू कुनैमा गएर शरण लिन सक्छ।