Numbers 35:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलीहरूलाई यसो भन्, तिनीहरूले पाएका जमिनका हिस्साबाट तिनीहरूले लेवीहरूलाई बस्नलाई केही सहरहरू र तिनका छेउछाउका गाई-वस्तु चर्ने चउरहरू दिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्नो अधिकारमा परेको हिस्साबाट लेवीहरू बस्नलाई सहरहरू दिनू भनी इस्राएलीहरूलाई आदेश दे। अनि लेवीहरूलाई ती सहरहरूका वरिपरि खर्कको जग्गा दे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूको हिस्सामा परेको भूमिका केही शहरहरू लेवीहरूलाई दिऊन्। तिनीहरूले ती शहरहरूको वरिपरि रहेका र्खकको भूमि पनि दिऊन्।